काठमाडौं —अहिले कहीकतै विद्युत् आपूर्ति काटिनासाथ अधिकांशले सम्झने एउटै नाम हो— कुलमान घिसिङ । कुलमान घिसिङ एक यस्तो स्थापित नाम बनेको छ, जसलाई बत्ती जाँदा समस्या समाधानका लागि स्मरण गर्ने गरिन्छ । यसको कारण हो, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहँदा उनले इमानदारीपूर्वक निर्वाह गरेको जिम्मेवारी । दैनिक १८ घण्टाभन्दा बढी लोडसेडिङको नियतिबाट छुटकारा दिलाउनुका साथै घाटामा रहेको संस्थालाई नाफामा पु¥याएपछि उनीप्रति जनताको मनमा ठूलो सम्मान र विश्वास जागेको छ । देशलाई यस्तै व्यक्तिको आवश्यकता रहेको भन्दै उनीमाथि भरोसा देखाउनेहरूको संख्या विशाल छ । यसमाथि, गत चैतमा पदावधि सकिन करिब चार महिना बाँकी रहँदा कार्यसम्पादनमा शून्य नम्बर दिँदै अपमानपूर्वक बर्खास्ती गरिएपछि उनीप्रति व्यापक सहानुभूतिसमेत थपिएको छ । यही जनसहानुभूतिलाई आफ्नो पक्षमा पार्न उनी देशभित्र मात्रै नभएर विदेशी भूमिसम्मै पुगिरेहेका छन् ।
देश


प्रतिक्रिया