काठमाडौं – नेपाली कांग्रेस र एमाले सम्मिलित दुई तिहाइको बलियो सरकारका लागि नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गलपासो बनेको छ । सरकारका विभिन्न विवादित निर्णय र कदमहरूको चर्को विरोध गर्दै रास्वपाले जनतामाझ नङ्ग्याउने काम गरिरहेको छ । भिजिट भिसा प्रकरण, निजामती सेवा विधेयकको कुलिङ पिरियड, स्पेन प्रकरण हुँदै मन्त्रीको घुस काण्डसम्ममा रास्वपाले सरकारको चर्को आलोचना र खबरदारी गर्दा ओली नेतृत्वको सरकार भने अप्ठ्यारोमा पर्दै गएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र कतिपय विषयमा ओली सरकारसँग कुम मिलाउन पुग्दा रास्वपालाई भने प्रमुख प्रतिपक्ष बन्ने र त्यसअनुसारको भूमिकामा खरो रुपमा प्रस्तुत हुने मौका मिलेको छ ।
देश


प्रतिक्रिया