देश

रास्वपा र राप्रपासँग सहमति खोज्दै सरकार, सभामुखले थाले पहल, विधेयक अलपत्र, अधिवेशन अन्त्यको संकेत (भिडियो)


काठमाडौं – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८ र नेकपा एमालेका ७८ गरी सत्तारूढ दलकै १६६ सांसद छन् । तर, विडम्बना ! सामान्य गणपूरक संख्यासमेत नपुग्दा कार्यसूची प्रभावित हुने मात्र होइन, बैठक नै स्थगित गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । यसको पछिल्लो उदाहरण मंगलबारको प्रतिनिधिसभा बैठक हो । उक्त बैठकमा ‘पानीजहाज सञ्चालन सम्बन्धी विधेयक’माथि छलफल चलिरहेको थियो । छलफलपछि सभामुख देवराज घिमिरेले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्न लाग्दा गणपूरक संख्या यकिन गर्न माग उठ्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ अर्थात् ६९ सांसद उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाएर गणना गर्दा जम्मा ६१ जना मात्रै सांसद भेटिए, जसकारण बैठक स्थगित गरियो ।