काठमाडौं – दुई वर्षअघिको कारबाहीलाई लिएर कांग्रेसमा बबन्डर मच्चिएको छ । असार २५ गते अनुशासन समितिको निर्णय अनुसार १८ नेतामाथि कारबाही भएको थियो । त्यसमा पूर्व प्रदेश मन्त्रीदेखि महामन्त्री र जिल्ला सभापतिसम्म पनि छन् । त्यसैमध्येका एक हुन्– विक्रम खनाल । जो लुम्बिनी कांग्रेसका महामन्त्री हुन् । उनी एक वर्षका लागि सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् । उनीमाथिको आरोप हो– आफ्नै उम्मेदवारलाई हराउन भूमिका खेलेको । नवलपरासी–१ मा विनोद चौधरी कांग्रेसका आधिकारिक उम्मेदवार थिए । त्यसबेला माओवादी र एकीकृत समाजवादी कांग्रेससँगको गठबन्धनमा थिए । तर, चौधरी कांग्रेसको आधिकारिक उम्मेदवार हुन् । उनलाई हराउन खनाल नै लागेपछि कारबाही भएको हो । चौधरीलाई हराउने योजना अनुसार भएको एक छलफलको अडियो नै सार्वजनिक भएको छ । जहाँ खनालले चौधरीलाई भारतीय नागरिकको ट्याग लगाउँदै चुनाव जिताए भोलि अर्थमन्त्री र प्रधानमन्त्रीसम्म बन्न सक्ने भएकाले देश संकटमा पर्ने र त्यस्ता मानिसलाई भोट हाल्ने हात देखेर धिक्कार्नुपर्ने भएकाले उनलाई हराउनुपर्ने भनेको सुन्न सकिन्छ ।
देश


प्रतिक्रिया