काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२ –०८३ को बजेट पारित भएको छ ।
बुधबार राष्ट्रिय सभागृहमा नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाट आगामी आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
मेयर बालेन शाह र कार्यकारी अधिकृत सरोज गुरागाईँबीचको विवादका कारण महानगरले ढिला गरी बजेट ल्याएको हो।
महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोष र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी बजेट ल्याएको थियो।


प्रतिक्रिया