काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । भूमि विधेयकमा असहमति जनाउँदै आएको जसपा नेपालको आज बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
जसपा नेपालको संसदीय दलको बैठकले सरकार भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिसनतन्त्रमा लिप्त रहेको ठहर गर्दै सरकारलाई समर्थन गरिरहन नसक्ने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण असफल भएको जसपा नेपालको निष्कर्ष छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । गत वर्ष ३१ असारमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदा नेपाली कांग्रेस, नेकपा एमाले सहित ७ राजनीतिक दलका १८८ जना सांसदले समर्थन दिएका थिए । अब राष्ट्रिय सभामा सत्तारुढ दलहरूअल्पमतमै पर्नेछ ।


प्रतिक्रिया