काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले मानार्थ विद्यावारिधि (डक्टरेट) उपाधि प्राप्त गरेकि छिन् । कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि डक्टरेट उपाधि प्रदान गरेको छ ।
उक्त सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै मनिषाले लेखेकी छिन्, ‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सकिनेभन्दा बढी अर्थपूर्ण छ । मेरो जीवनको कथालाई महत्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद ।’
उनले सामाजिक संजालमा व्यक्त गरेको सन्देशमा जीवनको परिश्रम, असफलता र धैर्यता सिकाइको मूल स्रोतको रुपमा हुने उल्लेख गरेकी छन् ।


प्रतिक्रिया