राजनीति

उपेन्द्र फकाउँदै ओली–देउवा, भूमि विधेयकको बहाना, सत्तामा पुग्ने चाहना, के पाक्यो बालुवाटारमा ? (भिडियो)


काठमाडौं – साना दलहरुले कांग्रेस–एमालेको सरकारलाई दिएको समर्थन फिर्ता लिन थालेसँगै सरकार दबाबमा परेको छ । हालै मात्र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सात दलको समर्थनमा सत्तारोहण गरेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन, एकपछि अर्को साना दलले समर्थन फिर्ता लिएपछि दबाबमा मात्र छैन, खुल्लमखुल्ला साना दल फकाउन लागिपरेको छ । यसका लागि सत्ता सहकार्यकै प्रस्ताव गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार अबेरसम्म चलेको बैठक यसको पछिल्लो प्रमाण हो ।