देश

राजीनामाले जोगिन्छन् मन्त्री, बास्कोटादेखि ज्वालासम्म, पद छाडेपछि जस्तोसुकै अपराध पनि माफ (भिडियो)


काठमाडौं – ७५ लाख घुस डिल गरेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । चार दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै लुकामारी खेल्दै आएका गुप्ताले मंगलबार राजीनामा दिएका हुन् । त्यस क्रममा उनले ‘नखाएको विष लागेको’देखि ‘प्रविधिको उच्चतम प्रयोगको शिकार बनेँ’को सम्म भनेका छन् । तर, उनको राजीनामा मात्र सबैथोक होइन । निष्पक्ष छानबिन गरी कारबाहीको माग तीव्र बनेको छ । योसँगै अब अख्तियारको अग्निपरीक्षा सुरु भएको छ । हुन त गुप्ताले घुस लिएको प्रमाणित भए देश छाड्ने भनेका छन् । तर, देश छाड्ने होइन दोषी देखिए जेल जाने हो भन्दै राजीनामा दिएर मात्र नहुने र छानबिन गरी कारबाही गर्न दबाब बढेको छ ।