काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले हालका केही मन्त्री हटाएर नयाँ ल्याउने गृहकार्य गरिरहेको बताइएको छ ।
हाल मन्त्रिपरिषदमा एमाले, कांग्रेस, जसपा र लोसपा छन् । नागरिक उन्मुक्ति पार्टीका राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिइसकेका छन् । घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई नियुक्त गरिएको छ ।
ओली प्रधानमन्त्री बनेको एक वर्ष पुरा भएको छ । सुशासन, भ्रष्टाचार निवारण, सेवा प्रवाह लगायतका क्षेत्रमा सरकारले प्रभावकारी काम गर्न सकेको छैन ।
प्रधानमन्त्री ओलीले जसपा नेपाललाई पनि सरकारमा भित्र्याउने प्रयास गरेका छन् ।


प्रतिक्रिया