काठमाडौं – संसदको ३२ सिटे जादुयी नम्बरको बलमा कहिले एमाले त कहिले कांग्रेसको बुई चढेर पटक–पटक सत्तामा पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिपक्षी कित्तामा पुगेको वर्ष दिन पुग्यो । गत वर्ष असार १७ गते मध्यराति प्रचण्डलाई धोका दिएर बुढानीलकण्ठ र बालकोट एक भएपछि विपक्षी कित्तामा थन्किएका प्रचण्डले यो अवधिमा पटक–पटक सत्ताको च्याँखे दाउ नथापेका होइनन् । तर, पहिल्यै प्रचण्डबाट धोकाधडी बेहोरिसकेका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको दोस्तीका अगाडि सत्ता ढाल्ने प्रचण्डका सबै अस्त्र असफल भए । फलस्वरूप, प्रचण्ड अहिले घर न घाटका जस्ता भएका छन् ।
देश


प्रतिक्रिया