अन्तर्राष्ट्रिय

अमेरिकाको एउटा चर्चमा गोलीबारी : दुई महिलाको मृत्यु, दुई पुरुष घाइते


काठमाडौँ । अमेरिकाको केन्टकीस्थित लेक्सिंगटनको एक चर्चमा भएको गोलीबारीबाट दुई महिलाको मृत्यु भएको छ भने दुई पुरुष घाइते भएका छन्। प्रहरीले संदिग्ध आक्रमणकारीलाई पनि गोली हानेको र उनको घटनास्थलमै मृत्यु भएको बताएको छ।

लेक्सिंगटनको ब्लू ग्रास विमानस्थलमा आक्रमणकारीले एक प्रहरी अधिकारीलाई गोली हानेर भागेका थिए। यसमा प्रहरी अधिकारी गम्भीर घाइते भएका थिए। यद्यपि, उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ। विमानस्थलमा भएको गोलीबारीले यात्रुहरूमा पनि त्रास फैलाएको थियो।