Breaking

मन्त्री गुप्ताको घुस काण्डले बबन्डर, ‘डिल’ मा जोडिएका अरु पनि तानिए, बर्खास्त गर्न ओलीको आनाकानी (भिडियोसहित)


काठमाडौँ । आफैँ प्रश्नको घेरामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै मन्त्री घुस प्रकरणमा मुछिएपछि दबाबमा परेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस डिल गरेको अडियोमा ‘बा’ भन्ने शब्दसमेत प्रयोग गरेपछि विपक्षीहरूले यसलाई प्रधानमन्त्रीसँग जोडेर प्रश्न उठाएका छन् । यही प्रकरणले गर्दा विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् ।