अन्तर्राष्ट्रिय

ट्रम्पको नोबेल शान्ति पुरस्कार मोह, आफैँ युद्ध चर्काउने आफैँ रोक्ने, पाकिस्तान र इजरायलको समर्थन (भिडियो)


काठमाडौं – नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मनोनयनले अन्तर्राष्ट्रिय जगतमा चर्को बहस सुरु भएको छ । ट्रम्पको विगतको राजनीतिक इतिहास र उनका विवादास्पद नीतिहरूका कारण यो मनोनयनप्रति विश्वभरबाट गम्भीर प्रश्नहरू उठेका छन् । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म उनको मनोनयनलाई लिएर आलोचना र समर्थनको छाल नै उठेको छ । यो विषय तब सतहमा आयो, जब इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि औपचारिक रूपमा सिफारिस गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, नेतान्याहूले ट्रम्पलाई हस्तान्तरण गरेको पत्रमा भनिएको छ, “उहाँ एकपछि अर्को गर्दै धेरै देश र क्षेत्रहरूमा शान्ति कायम गर्ने प्रयासमा लाग्नुभएको छ ।” यता, अमेरिकी राष्ट्रपति ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कारका लागि आफ्नो इच्छा देखाइरहेका थिए ।