काठमाडौं – पतञ्जलि जग्गा प्रकरणमा योगगुरु रामदेवको चंगुलमा परेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहयोग गर्न वामदेव गौतम मैदानमा उत्रिएका छन् । पार्टीभित्र चर्को दबाबमा परेका नेपाललाई साथ दिन कुनै समयका उनका सहयोद्धा गौतम अन्ततः नेकपा एकता राष्ट्रिय अभियानसहित नेकपा (एकीकृत समाजवादी)मा समाहित हुन लागेका हुन् । एकीकृत समाजवादीको पार्टी कार्यालयमा शुक्रबार अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच पार्टी एकता गर्ने सहमति भएको हो । सो सहमतिअनुसार आउँदो साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच एकता घोषणा गरिने दुई नेताद्वारा हस्ताक्षरित सहमतिपत्रमा उल्लेख छ ।
देश


प्रतिक्रिया