काठमाडौं – सामान्यतः साउनको दोस्रो हप्तासम्म मौद्रिक नीति ल्याउने प्रचलन छ । तर, यसवर्ष भने असारमै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । यसरी छिटै नीति ल्याउनुलाई विभिन्न कोणबाट हेरिँदा बैंकका अधिकारीहरुले पर्याप्त विश्लेषण गरेरै ल्याएको बताएका छन् । गत जेठमा मात्र गभर्नर बनेका डा. विश्वनाथ पौडेलका लागि यो पहिलो मौद्रिक नीति हो । डा. पौडेलकै भनाइ मान्ने हो भने अर्थतन्त्रलाई गतिशील बनाउन सजकतासहित मौद्रिक नीतिलाई लचिलो बनाइएको छ ।
अर्थनीति


प्रतिक्रिया