काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताएकाछन् ।
आज विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आलोचनात्मक चेत नभइ विश्वलेषणात्मक चेतको जरुरी रहेको बताए । उनले जे कुरामा पनि आलोचना नभइ रचनात्मक सुझाव जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले आलोचनात्मक चेतबाट रचनात्मक टिप्पणीतिर जान जरुरी रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउनमा युवाहरुलाई प्रेरित गर्न जरुरी रहेको बताए ।
प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने उनको भनाई छ ।


प्रतिक्रिया