Breaking

काठमाडौं महानगरको बजेट आइतबार आउने


काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट आगामी २९ असार (आइतबार) आउने भएको छ ।

मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिनुभयो । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उहाँले जानकारी दिए ।

आज बसेको ४० औं नगर कार्यपालिका बैठकमा मेयर शाहले सो प्रस्ताव गर्नु भएको हो । आजै काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ ।

राजश्व परामर्श समितिको बैठकले सो सीमा निर्धारण गरेको हो । आइतबार सोही बराबरको बजेट सार्वजनिक हुनेछ । त्यस्तै ६ महिनापछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेट पनि नबसी सकिएको छ ।

बैठकमा एउटा मात्रै प्रस्ताव पारित गरेर सकिएको हो ।