Breaking

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठक प्रहरीको नियन्त्रणमा


पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई प्रहरीले पक्राउ गरेको छ । केही सामान्य प्रयोजनका लागि उनलाई प्रहरी परिसरमा बोलाएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।

उनका अनुसार डा. पाठकको नाममा जारी भएका वक्तव्यमा श्री ५ महाराजाधिराज जस्ता शब्दको प्रयोग भएको ,यस्तो लेख्नु संविधान विपरीत भएको भन्ने नाममा प्रहरीले माथिको आदेशमा पक्राउ गरेको बुझिन्छ । उनले यसलाई पक्राउ भन्न उपयुक्त नहुने, बुझ्ने काम मात्रै भएको बताए । प्रवक्ता बोहराले योहो टेलिभिजनसंगको टेलिफोन संवादमा भने “पक्राउ गरेको होइन , श्री ५ शब्दको पटकपटक प्रयोग भएको छ यसको वैधता के हो रु यहीँ प्रयोजनमा हामी सोधपुछ गर्दैछौं ।”

पूर्वराजा शाहलाई गर्ने सम्बोधनको शब्द तथा शैलीको विषय संसदमा पनि उठाइएको थियो।