काठमाडौं – सिओल केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले बुधबार युनलाई पक्राउ गर्न अनुमति दिएका हुन् । अदालतले युनबाट प्रमाण नष्ट हुन सक्ने आशंका व्यक्त गरेको छ । अब युनमाथि ‘विद्रोहको नेतृत्व’ गरेको गम्भीर आरोपमा मुद्दा चलाइनेछ । बुधबार सम्पन्न सातघण्टा लामो सुनुवाइमा विशेष अभियोजन टोलीले युनलाई पक्राउ गर्नका लागि पाँचवटा मुख्य आरोप प्रस्तुत गरेको थियो । यसअघि उनलाई पहिलोपटक जनवरीमा पक्राउ गरिएको थियो । त्यतिबेला प्रहरीले उनको घरको तारबार काटेर उनलाई नियन्त्रणमा लिएको थियो, तर दुई महिनापछि अदालतले प्राविधिक कारण देखाउँदै उनलाई रिहा गरेको थियो । यदि यसपटक अदालतले उनलाई दोषी ठहर गरेमा आजीवन कारावास वा मृत्युदण्डसम्मको सजाय हुन सक्नेछ ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया