काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय, प्रदेश र संघको निर्वाचन सकिएको साढे तीन वर्षपछि पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग र अन्तर्घात गरेको आरोप लगाउँदै डेढ दर्जन नेता कार्यकर्तामाथि कारबाहीको डण्डा चलाएको छ । असार ९ देखि १७ गतेसम्म बसेको आनन्दप्रसाद ढुंगाना नेतृत्वको अनुशासन समितिको बैठकले प्रदेश महामन्त्रीदेखि पूर्वमन्त्रीसम्मलाई कारबाही गर्ने निर्णय गरेको हो । निर्णयअनुसार लुम्बिनी प्रदेश समितिका महामन्त्री विक्रम खनाल, गण्डकी प्रदेशका पूर्वमन्त्री तथा कास्की जिल्लाका महासमिति सदस्य कुमार खड्का र खोटाङ जिल्ला सभापति विष्णुकुमार राईसहित डेढ दर्जन नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरिएको छ । लुम्बिनी प्रदेशका महामन्त्री खनाल, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री खड्का, खोटाङका सभापति राई, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा र पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको हो ।
देश


प्रतिक्रिया