देश

दोहोरिन सक्छ रसुवा कहर, हिमताल फुटेको फुट्यै, २४ घण्टामै दुई फुटे, तिब्बतका कारण नेपाल जोखिममा ? (भिडियो)


काठमाडौं – मंगलबार बिहान चीनको तिब्बत हुँदै रसुवा भएर बग्ने भोटेकोशी नदीमा लेदोसहितको विनाशकारी बाढी एक्कासी आयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी मृत्यु भएका ९ जनाको शव भेटिएको छ भने २० जना अझै बेपत्ता छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ल्हेन्दे खोलामा आएको बाढीले नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पु¥याएको जनाएको छ । रसुवागढीस्थित मितेरी पुल बगाएपछि नेपाल–चीन व्यापारिक नाका पूर्ण रूपमा विच्छेद भएको छ । टिमुरे भन्सार कार्यालय, भन्सार परिसरमा राखिएका एक सयभन्दा बढी गाडी बगाएको छ भने जलविद्युत् आयोजना र सडकमा ठूलो क्षति पुगेको छ ।