Breaking

खेलमा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलमा राजनीति नगर्न आग्रह गरेका छन् । सातदोबाटो एन्फा कम्प्लेक्समा स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेलको विकासमा ध्यान दिन उनलाई सुझाव दिए ।

राजनीतिका लागि खेलकुदमा स्पेस नभएकोमा प्रधानमन्त्री ओलीले जोड दिए । खेलकुदमन्त्री तेजुलाल चौधरीलाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन भाँड्न लागिपरेको आरोप लाग्दै आएको छ । खेलकुदमन्त्री चौधरीसमेत उपस्थित रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने एनपीएललाई अगाडि लैजानुपर्ने बताए । यद्यपि, उनले एनपीएल भन्नुपर्नेमा झुक्किएर वाईपीएल भनेका थिए ।

उनले भने, ‘एनपीएलको भब्य तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो राष्ट्रिय गौरव हो । यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ । जसरी क्रिकेटको क्रेज बढेको छ देशमा, त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ । यसको आयोजना गर्नुस् । यो खेलिनुपर्छ,’ उनले भने ।