Breaking

अनुशासन समितिबाट भएको कारबाही पूर्वाग्रही छ, स्वीकार्य छैन : शेखर पक्ष


काठमाडौं—नेपाली काँग्रेसको संस्थापन इतर पक्षले पार्टीको अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरुमाथि कारबाही गरेको निष्कर्ष निकालेको छ । आज संस्थापन इतर पक्षका नेता डा. शेखर कोईरालाको सचिवालयमा भएको संस्थापन इतर समूहले अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरुमाथि कारबाही गरेको निष्कर्ष निकालेको हो ।

नेताहरुले विधानतः कारबाही सही नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद एवं संस्थापन इतर पक्षधर नेता राजेन्द्र बजगाईंले उजुरी परेको समयको ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने भन्ने काँग्रेसको विधान रहेको भएपनि करिव तीन वर्षपछि कारबाही गरिनु गलत भएको बताए ।

आसन्न निर्वाचन २०८४ र त्यो भन्दा अघि पनि मध्यावधिको रुपमा पनि हुनसक्ने स्थितिलाई हेरेर कारबाही गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । काँग्रेस नेता अर्जुननरसिंह केसीले कारबाही पक्षपातपूर्ण र पूर्वाग्रही रहेको बताए । सिंगो उहाँले १५ औं महाधिवेशनलाई लक्षित गरेर विधि, विधान र प्रक्रिया विपरित पूर्वाग्रहले कारबाही भएको आरोप लगाए ।