खेलकुद

विश्वकप एसिया–प्यासिफिक छनोटः नेपाल समूह–२ मा, पहिलो खेल कुवेतसँग खेल्ने


काठमाडौं—आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह–२ मा परेको छ। ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपाल समूह–२ मा परेको हो । उक्त समूहमा नेपालसहित कुवेत र जापान छन् । छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ ।

समूह–१ मा युएई, मलेसिया र कतार छन् । यस्तै समूह–३ मा आयोजक ओमान, पपुवान्यूगिनी र सामोआ छन्। तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर–६ मा पुग्नेछ ।

सुपर–६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् । छनोट अक्टोबर ८ देखि १७ सम्म ओमनमा हुनेछ । छनोटअन्तर्गत नेपालले पहिलो खेल अक्टोबर ८ मा कुवेतसँग खेल्नेछ । दोस्रो खेल अक्टोबर १० मा जापानसँग हुनेछ ।