काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही विधिसम्मत नभएको निष्कर्ष शेखर कोइराला पक्षले निकालेको छ । कोइराला पक्षको आज बसेको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लंघन गरेको आरोप लगाएको छ ।
बैठकले कसैलाई काखा र पाखा गर्ने गरी दोहोरो÷तेहरो मापदण्ड बनाएर निर्णय गर्नु पार्टीका लागि गम्भीर र प्रत्युत्पादक हुने चेतावनी दिएको छ । कांग्रेसले निर्वाचनमा अन्तर्घात गरेको भन्दै बुधबार केही नेताहरूलाई कारबाही गरेको छ । कारबाहीमा आफ्नो पक्षका नेताहरू परेपछि कोइरालाले आज बिहान आफूपक्षीय नेताहरूको बैठक आफ्नै सम्पर्क कार्यालय बिशालनगरमा बोलाउनुभएको हो ।
भेलामा कृषिमन्त्री रामनाथ अधिकारी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसहित नेता तथा सांसदहरू उपस्थित हुनुहुन्थ्यो ।


प्रतिक्रिया