समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आह्वान गरिएको छ । समसामयिक परिस्थितिबारे छलफल गर्नका लागि पार्टीको बैठक बस्दै छ ।

बैठक अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने जनाईएको छ ।

यसैगरी पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी छ ।