देश

प्रचण्डको जादु फेल, ओलीको सत्ता ढुक्क, रास्वपाले प्रतिपक्षको कमान्ड सम्हाल्दा माओवादी एजेन्डाविहीन (भिडियो)


काठमाडौं – संसदको तेस्रो शक्ति भएर पनि ३२ सिटको ‘जादुयी नम्बर’को बलमा पटक–पटक सत्ताको चास्नीमा रमाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक वर्षदेखि सत्ता र शक्तिविहीन छन् । आम निर्वाचनपछि कहिले एमाले त कहिले कांग्रेससँग कित्ता फेरेर सत्तारोहण गरेका प्रचण्ड, बालकोट र बूढानीलकण्ठ एकढिक्का भएपछि सत्ताको खेलबाट बाहिरिएका थिए । २०८१ असार १७ गते मध्यराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै सत्ताको रिङबाट आउट भएका प्रचण्ड अनेक प्रयासकाबीच न त कांग्रेस–एमाले गठबन्धन सरकार ढाल्न सफल भएका छन्, न त बलियो प्रतिपक्ष बन्न नै सकेका छन् ।