काठमाडौं – भिजिट भिसा प्रकरणमा छानबिनको माग राख्दै निरन्तर बैठक बहिष्कार गर्दै आएको रास्वपा र सत्तारुढ एमालेका सांसदबीच बुधबारको प्रतिनिधिसभा बैठकमा भिडन्तकै अवस्था बन्यो । रास्वपा सांसद सोबिता गौतमले मङ्गलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्पेन भ्रमणमा गएकामध्ये केही व्यक्ति नफर्किएको विषय उठाउँदै यो गम्भीर रहेकाले छानबिनको माग गरेकी थिइन् । सोही विषयलाई लिएर बुधबार संसदको आकस्मिक र शून्य समयमा सांसदहरूबीच चर्काचर्की नै चल्यो । आफूले राखेको विषयको अर्थ गलत लगाइएको भन्दै सांसद गौतम बुधबारको संसद बैठकमा झनै आक्रामक रूपमा प्रस्तुत भइन् । उनले आफूले स्पेनको कार्यक्रमबारे बोलेको भाषा नबुझी संसदको रेकर्डबाट किन हटाइयो भन्दै सभामुखको ध्यानाकर्षण गराइन् ।
देश


प्रतिक्रिया