देश

रास्वपाले उठायो जबरजस्त मुद्दा, लेखकपछि ओली तान्यो, कांग्रेस–एमाले भिड्न उत्रिए, जित्नै मुस्किल (भिडियो)


काठमाडौं – सडकदेखि सदनसम्म चर्को स्वरमा विपक्षीको आवाज बुलन्द गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय आक्रामक देखिए पनि उसका प्रयासहरू ‘करायो करायो, दक्षिणा हरायो’ भनेजस्तै परिणामविहीन देखिएका छन् । भिजिट भिसा प्रकरणको मुद्दा जोरदार रूपमा उठाए पनि रास्वपाले त्यसलाई मूल मुद्दा बनाउन सकेन । कुलिङ पिरियडको विषयमा पनि विरोध जनाउनेबाहेक अरू केही प्रभाव पार्न सकेन । यता, पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सहभागी सबै सदस्य नफर्किएको आरोप लगाउँदै अर्को मुद्दा उछालेको छ, तर त्यसमा कुनै तथ्य र प्रमाणको आधार पेस गर्न नसक्दा सिंगो रास्वपामाथि सत्तापक्षका सांसदहरू खनिएका छन् ।