काठमाडौं – पुराना र ठूला राजनीतिक दलको विरासत भत्काउँदै स्थानीय तह निर्वाचनमा विजयी भएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पछिल्लो समय बजेट पेस गर्ने वातावरण मिलाइदिन राजनीतिक दलका नेताहरूको ढोका ढकढक्याइरहेका छन् । यो अवधिमा मेयर शाहले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेटेको चर्चा छ । भेटको मुख्य एजेन्डा बजेट र अवरुद्ध बैठक नै रहेको बुझ्न कठिन छैन । असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने कानुनी बाध्यता भए पनि काठमाडौं महानगरले असारको अन्तिम साता बित्नै लाग्दा समेत बजेट ल्याउनु त परको कुरा, कार्यपालिकाको बैठकसमेत बसाल्न सकेको छैन । काठमाडौं महानगरको बजेट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र मेयर शाहबीचको टकरावको बन्दी बनेको छ ।
अर्थनीति


प्रतिक्रिया