राजनीति

प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश


काठमाडौं—ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय प्रदीप परियारलाई २५ हजार तथा निर्देशक वसन्त आचार्य र नमराज ढकाललाई ५०÷५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश विशेष अदालतले गरेको छ ।

बुधबार बिहान परियार, आचार्य र ढकाल अदालतमा उपस्थित भएका थिए । उपस्थित भएपछि आजै न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनीहरुको बयान र थुनछेक बहस भएको हो । थुनछेक बहसपछि तीनै जनालाई धरौटीमा छाड्न आदेश भएको अदालतका उपरजिष्ट्रा कृष्णशरण लामिछानेले जानकारी दिए ।