राजनीति

प्रधानमन्त्री ओलीसमक्ष त्रिविका उपकुलपति अर्यालको शपथ


काठमाडौं—त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति अर्यालले शपथ लिएका हुन् ।

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।