माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको सांसद् संख्या कम भए पनि वर्तमान राजनीतिको संस्थापन पक्ष माओवादी नै भएको दाबी गरेका छन् । प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत् आज माओवादी कानुनी र सांसद् संख्याको हिसाबले सदनमा तेस्रो स्थानमा रहे पनि वर्तमान राजनीतिक परिवर्तनको मुख्य शक्ति भएको दाबी गरेका हुन् ।
सदनमा जतिसुकै सिट भएपनि आजको नेपाली राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै भएको प्रचण्डको जिकिर छ ।
सदनमा जतिसुकै संख्या भए पनि संविधान र लोकतान्त्रिक गणतन्त्रको अधिकारिक पक्ष कांग्रेस र एमाले नभएको दाबी प्रचण्डको छ ।


प्रतिक्रिया