देश

मन्त्री फेर्ने छलफलमा देउवा–ओली, कोको परे संकटमा ? गृह र अर्थ नै तार्गेट, के होला आरजुको ? (भिडियो)


काठमाडौं -मन्त्रीहरूको कामप्रति उठेको प्रश्न र सरकार गठनको एक वर्ष कट्दा मन्त्री हेरफेरको चर्चा सत्ता गठबन्धनमा सुरु भएको छ । यसको उदाहरणस्वरूप कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा यो विषयमा छलफल भयो भने एमालेमा पनि सांसद सूर्य थापा लगायतले बजेटमाथिको छलफलका क्रममा मन्त्री फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका थिए । कांग्रेस बैठकमा संस्थापन पक्षकै नेताहरूले समेत सरकारले राम्रो कार्यसम्पादन गर्न नसकेको भन्दै विरोध भएपछि ठूला दल मिल्नुको औचित्य पुष्टि नभएको उनीहरूको आरोप छ । यसले मन्त्रीहरू फेर्ने दबाबमा कांग्रेस सभापति शेरबहादुर देउवा रहँदा तीन–तीन महिनामा कार्यसम्पादन सार्वजनिक गर्ने क्रम पनि रोकिएको छ । जबकि यसअघि सरकारले तीन–तीन महिनामा भएका कामको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको थियो । यति मात्र होइन, संसदमै पनि कान्छाराम तामाङजस्ता कांग्रेसका सांसदहरूले आफ्नै मन्त्रीमाथि प्रश्न उठाएका थिए ।