राजनीति

सधैँ चिलमा देउवा, प्रधानमन्त्री बनाउनेको लर्को, स्वर्णिम र प्रचण्ड धाए, शेखरको पनि साथ, ओलीलाई संकट ? (भिडियो)


काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई सहमतिभन्दा ६ महिना अगावै सत्ताको नेतृत्व लिन यतिबेला चौतर्फी दबाब बढेको छ । सत्ता समीकरणमा विभिन्न विषयमा विमति बढ्दै जानु, कांग्रेसका मन्त्रीहरूको भूमिका कमजोर देखिनु र राम्रा कामको जस एमालेलाई मात्रै जानु लगायतका कारणले समीकरण फेर्न सभापति देउवालाई कांग्रेस नेताहरूले हौसाइरहेका छन् । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणले सङ्कटमा पर्दा प्रतिपक्षलाई रिझाउन सत्ता साझेदार एमालेकै साथ नपाउनु र प्रतिपक्ष जसरी कांग्रेसकै नेता रामहरि खतिवडाविरुद्ध एमाले जाइलाग्नुले पनि कांग्रेस सभापति देउवादेखि अधिकांश नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बन्दै गएका छन् ।