चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा बाढीमा परी रसुवागढी नाकाबाट कम्तिमा १८ जना बेपत्ता भएका छन् । बाढीमा परी रसुवागढी नाकाबाट तीन प्रहरीसहित १८ जना बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । उनका अनुसार नाकामा फसेका ९ जनाको उद्धार गरिएको छ ।
उनका अनुसार नाकामा फसेका ९ जनाको उद्धार गरिएको छ । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसा बाढीले ठूलो क्षति पु¥याएको छ । उनका अनुसार रसुवा भन्सार कार्यालय टिमोरियाको पछाडिपट्टि रहेको सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडीहरू पनि बाढीले बगाएको छ ।
यस्तै बन्दरगाहमा रहेका मालवस्तु र ढुवानीका साधनहरू अधिकांश बगाएको छ । रसुवागढी हाइड्रोपावर र क्याम्पमा पनि क्षति पु¥याएको छ । अहिले खोज तथा उद्धार कार्य जारी छ ।


प्रतिक्रिया