समाचार

त्रिशूलीको बाढीमा फसेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार


त्रिशूली नदीमा आएको बाढीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

बाढीमा फसेकाहरू रुखको आड लिएर बसेका थिए । घाँस दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि उनीहरु त्यही फसेका थिए ।

हावा र पानीको बहावका कारण उद्धारमा कठिनाइ भएका कारण सोमबारदेखि उनीहरु रुखमा चढेर बसेका थिए । उद्धार गरिएका दुवै जना एकै परिवारका हुन् ।