Breaking

रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, विद्युतीय गाडीसमेत बगे


रसुवामा बाढी आउँदा नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले दुई देश जोड्ने मितेरी पुल बगाएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले ठूलो क्षति पुर्याएको बताए । उनका अनुसार रसुवा भन्सार कार्यालय टिमोरियाको पछाडिपट्टि रहेको सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडीहरू पनि बाढीले बगाएको छ ।

भन्सार कार्यालयका महानिर्देशक महेश भट्टराईले बन्दरगाहमा रहेका मालवस्तु र ढुवानीका साधनहरू अधिकांश बगाएको बताए ।