काठमाडौं – ‘मानो रोपेर मुरी फलाउने’ खेतीको मुख्य सिजन असार महिनाको १५ गतेलाई विगत २२ वर्षदेखि राष्ट्रिय धान दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्ष पनि त्यसले निरन्तरता पायो । कृषकदेखि नेता र अभिनेतासम्म सबैले असार १५ लाई उल्लासका साथ मनाए । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा अङ्गरक्षकसहित दौरा–सुरुवालमा सजिएर कोदाली लिएर बाउसे गर्न हिलो खेतमा पाइला टेक्दा स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि फेसबुकबाटै धान दिवसको सम्झना गरे । यस्तै, विभिन्न दलका शीर्ष नेताहरू पनि देशका विभिन्न भागमा रोपाइँमा सरिक भए । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काठमाडौंको तारकेश्वरमा धानको बीउ बाँडे भने नेपाली कांग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले झापामा राँगा नारेर रोपाइँमा सहभागि भए ।
देश


प्रतिक्रिया