Breaking

रविकै हालतमा सदनमा लेखक, माओवादी र रास्वपाको बजेट पास गर्न नदिने धम्की (भिडियोसहित)


काठमाडौँ । गृहमन्त्री रमेश लेखकमाथिको भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षले उनको राजीनामालाई प्रतिष्ठाको विषय बनाउँदा सदन निरन्तर अवरुद्ध छ । दुईतिहाइ बहुमतको सरकार भए पनि बजेटजस्तो महत्वपूर्ण विषयमाथिको छलफल र पारित गर्ने प्रक्रिया प्रभावित हुने देखिएको छ । सत्ताबाट बाहिरिएका प्रचण्ड र विगतमा सरकारको निशानामा परेका रवि लामिछानेको दल रास्वपाले यस प्रकरणलाई सरकारमाथि दबाब बढाउने रणनीतिक अस्त्रका रूपमा प्रयोग गरिरहेका छन् ।