राजनीति

रवि नछुट्दा संकटमा रास्वपा, आक्रामक बन्ने निर्णय, गृहमन्त्री हटाएरै छाड्ने चेतावनी, कसले हाँक्ला कमान्ड ?(भिडियो)


काठमाडौं—पार्टी सभापति रवि लामिछानेको जेल यात्रा कहिले टुङ्गिने हो भन्ने अनिश्चित बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीदवावमा परेको छ । यसअघि रविको हिरासत बसाइँका क्रममा नेतृत्वविहीनताको अवस्था पार्टीले भोगेको थियो ।

यद्यपि सभापति रिहाइको मुद्दा कमजोर हुने भन्दै रवि पक्षधरले नेतृत्वको विकल्प नखोज्ने बताए । त्यस्तै सांसदबाटै निलम्बित भएपनि संसदीय दलको नेतृत्वमा समेत उनको विकल्प खोजिएन भने पार्टी रविले नै हिरासतबाट चलाइरहेका थिए ।