काठमाडौंमा जारी तीन दिने सगरमाथा संवाद आज सकिँदैछ । जेठ २ गते शुरु संवाद आज सकिन लागेको हो। संवादको तेस्रो तथा अन्तिम दिन आज समापन कार्यक्रम हुदैछ।
समापन समारोहमा तीन दिनसम्मको संवादको निष्कर्षसहित घोषणा पत्र मिडिया ब्रिफिङमार्फत जानकारी दिइने सगमाथा संवाद सचिवालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
यसैबीच, सगरमाथा संवादमा सहभागी ३५ जना पाहुनालाई सगरमाथा संवाद सचिवालयले आज बिहान माउन्टेन फ्लाइट गराएको छ। माउन्टेन फ्लाइटमा ६ जना विभिन्न देशका मन्त्रीसहित ३५ जना सहभागी भएका छन् ।


प्रतिक्रिया