Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

एकैदिन २७ सय रुपैयाँले बढेर सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड


नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । वर्ष २०८२ को दोस्रो कारोबार दिन सुनको मूल्य एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ ।

आज यसअघि चैत ३१ गतेको एक लाख ८६ हजार रुपैयाँको उच्च मूल्यको रेकर्ड तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज एकैदिन सुनको मूल्य २७ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।