Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

शिक्षक महासंघ-आन्दोलन निर्णायक मोडमा पुग्यो, देशभरका शिक्षक तुरुन्त काठमाडौं आउनू


नेपाल शिक्षक महासंघले शिक्षक आन्दोलन निर्णायक मोडमा पुगेको बताएको छ । सरकार शिक्षकका मागप्रति अनुदार देखिएको भन्दै महासंघले अब आन्दोलन निर्णायक मोडमा पुगेको बताएको छ । 

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको बताए । शिक्षकका मागमा राज्य यथावत् अनुदार देखिएको उनको आरोप छ । त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प नरहेको उनले बताए । 

अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचारप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन् । 

महासंघले चैत २० गतेबाट काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्दै आइरहेको छ । महासंघले आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेको छ । 

महासंघले देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरेको छ ।