काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले दुई छिमेकी राष्ट्र भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध विस्तार गरेको भन्दै केही ऐतिहासिक निर्णय पनि भएको बताएका छन् ।
मंगलबार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी–तराई मधेश जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली जनता र जनताको पक्षमा धेरै काम गरिरहेको बताए ।
साथै, उनले संयुक्त राष्ट्रसंघ, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय सम्मेलन लगायतका मञ्चमा आफूले बलिाये उपस्थिति समेत जनाएको प्रचण्डको भनाइ थियराम्रो काम गर्दागर्दै बिचौलियाले आफू नेतृत्वको सरकार ढालेको उनको भनाइ थियो । उनले एकजुट भएर अघि बढ्दा देशबाट भ्रष्टाचार निर्मुल पार्नसक्ने पनि बताए ।
प्रतिक्रिया