Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

वर्षको अन्तिम दिन पनि शेयर बजार घट्यो


काठमाण्डौ – २०८१ सालको अन्तिम दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ६२ अङ्कले घटेर २ हजार ६६२ दशमलव ०८ विन्दुमा झरेको छ ।

आज होटल, लगानी, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे १ प्रतिशतले ओरालो लागेको छ ।

आज विन नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गूडविल फाइनान्स कम्पनीको डिबेन्चर र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका १ करोड ३१ लाख कित्ता शेयर ६ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ ।