काठमाडाैं। पत्रकार रोहित भण्डारीको तेस्रो पुस्तक ‘दिए पुग्छ’ विमोचन गरिएको छ ।
प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रमका बीच उपसभामुख इन्दिरा रनाले पुस्तक विमोचन गरेकी हुन्। दुई दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीको सो पुस्तक परोपकारी व्यक्तिहरुप्रति समर्पित छ। भण्डारीले समाजमा सकारात्मक उर्जा भर्न आफूले ‘दिए पुग्छ’ पुस्तक लेखेको बताए।
पुस्तक लेखनामा सात वर्ष खर्चिएको सुनाउँदै भण्डारीले पुस्तकदेखि पुस्तकसम्म नामक उपशीर्षकमा आफ्नो अनुभव लेखेका छन् । पुस्तकमा समाजमा बिभिन्न परोपकारी काम गरेका ९ व्यक्ति र उनीहरुका कामबारे चर्चा गरिएको छ ।
पुस्तक विमोचन गर्दै उपसभामुख इन्दिरा रानाले भण्डारीलाई सकारात्मक सोंचसहित मानिसभित्रको मानिस खोज्ने लेखकका रुपमा परिचित गराइन्। यस्ता पुस्तकबाट समाजमा सकारात्मकता प्रवाह हुने विश्वास व्यक्त गरे।
यसअघि भण्डारीका ‘नेपालमै सकिन्छ’ र ‘सम्भव छ’ नामक पुस्तकमा बजारमा आइसकेका छन् । सकारात्मक सोचकी प्रतिमूर्तिको रुपमा आफ्नी स्वर्गिय आमा लक्ष्मी भण्डारीप्रति तेस्रो समर्पित गरेको भण्डारीले बताए।
प्रतिक्रिया