काठमाडौं—काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा पानी परेको छ । धेरैदिनपछिको वर्षात्सँगै वायु प्रदूषणले आक्रान्त बनिरहेकालाई केही राहत हुने अपेक्षा गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही स्थान र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म पानी परेको छ ।
पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भिएको जलवाष्फयुक्त हावाको असरस्वरूप मौसममा बदली भई पानी परेको मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार विहीबार पनि काठमाडौं उपत्यकामा वर्षात् हुने अनुमान छ ।
प्रतिक्रिया