Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण


काठमाडौं—चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ। एडीबीले आज सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२५ मा नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा केही बढ्ने देखिएको हो। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो। नेपालको अर्थतन्त्रमा सुधार हुँदै जाँदा आर्थिक क्षेत्रमा सुधार हुने उल्लेख गरेको हो ।

गत आर्थिक वर्ष नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुँदै गएको एडीबीले जनाएको छ। मुद्रास्फीति गत वर्षको तुलनामा वृद्धिदर कम हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा ५.४ प्रतिशतमा रहेकोमा २०२५ मा ५.२ प्रतिशत रहेको छ। आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ।

एडीबीका अनुसार चालू आर्थिक वर्षमा नेपालको उत्पादनमूलक क्षेत्रको वृद्धि बढ्ने प्रक्षेपण गरिएको छ। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७।७ प्रतिशत कर्जा विस्तार भएको छ। उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ ।

पर्यटक आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक हुने एडीबीले जनाएको छ। नेपालले केही समय औद्योगिक, व्यावसायिक वातावरण बनाउन भन्दै गरेको ऐन–कानुनमा गरेको फेरबदलले पनि लगानी बढ्ने तथा सेवा क्षेत्रको वृद्धिमा योगदान गर्ने आकलन रहेको छ।